कांग्रेसद्वारा टोल इकाई अभियानलाई तिव्रता दिँदै

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २५ गते मङ्गलवार

दाङ : नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका ३ इकाई समितिले टोल र  गाउँ विस्तार अभियानलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसको विधान अनुसार टोल,  गाउँ  अभियान  अन्तर्गत  मंगलबार वडाको रानागाउँ टोल इकाई समिति विस्तार गरेको छ । भेलाले भक्त बहादुर महतराको अध्यक्षतामा ३६ सदस्य टोल इकाई समिति गठन गरेको छ ।

जसको उपसभापतिमा देव बहादुर खड्का, पहल बहादुर डाँगी र सचिवमा सम्झना खत्री, नारायण डाँगी सहसचिव  केशव गिरी, धर्म राज महतरा र कोषाध्यक्षमा गेहेन्द्र बहादुर घर्ती तथा सदस्यहरूमा बखान सिंह गुरुङ, इन्दिरा खत्री, भिमलाल योगी, भिमराज योगी, लोक बहादुर वली, सिता श्रेष्ठ, गीता खड्का, डिल्ली कुमारी वली खत्री, नर बहादुर कठायत, सिता बिक, तुलसा वली, जानकी घर्ती, गुमा पुन, तेज बहादुर राना, रेखा खड्का, शेर बहादुर वली, जय प्रकाश वली, लेखराज महतरा, मोहनलाल बोहरा, चित्रकला रास्कोटी, पदम राना, पवित्रा महतरा, हेमन्ता पाण्डे, प्रेम महतरा, कमला वली, गिरिराज वली, सिता राना, ललिता वली कँवर चयन भएका छन  । 

नेपाली काँग्रेस वडा इकाई सभापति भुपलाल वलीको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यमा   सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश प्रतिनिधि विष्णु मल्ल, पूर्व दाङ जिल्ला सदस्य चन्द्रकान्त खरेल, खेमलाल महतरा, मानबहादुर गुरुङ, टोप बहादुर विश्वकर्मा, राजन खड्का ( तर्ण ), श्यामराज महतरा, कांग्रेस क्षेत्र ३ प्रदेश ‘क’ का सहसचिव राजेन्द्र महतरा, राजेन्द्र गुरुङ  उपसभापति जय बहादुर वली, वडा सचिव लक्ष्मण चन्द लगायतकाले सङ्गठनलाई बलियो बनाउन टोल कार्यसमितिले मद्दत पुग्ने बताए  ।

गठन भएका टोल इकाई समितिहरूले स्थानीय तहदेखि संघको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनको लागि महत्वपूर्ण भूमिका हुने बताए  । इकाई उपसभापति रेशम प्रकाश मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा इकाई सचिव प्रेम तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार