बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २४ गते सोमवार

बुटवल  :  बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको हो । बुटवल उपमहानगरपालिका -१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताए ।

दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने मृत्यु र घाइते सबैको परिचय खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता खाणले बताए । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार