लमही खानेपानी संस्थाको नेतृत्वमा संयुक्त लोकतान्त्रिक प्यानल विजयी

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २३ गते आइतवार


दाङ : लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्वका लागी संयुक्त लोकतान्त्रिक प्यानल विजयी भएको छ । सत्तागठबन्धनको समर्थनमा जंगबहादुर चौधरीको प्यानल निर्वाचित भएको निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिए ।

अध्यक्ष पदका उम्मेदवार चौधरीले १५१८ मत प्राप्त गरी निर्वाचित भएका हुन, भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्रगतिशील प्यानलका सनम कुमार पौडेलले १०४३ मत प्राप्त गरेका थिए । चौधरीको प्यानललाई सत्तागठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको सर्मथन रहेको थियो, भने पौडेल समुहलाई एमालेको समर्थन रहेको थियो ।

यस्तैगरि चौधरी प्यानलका उपाध्यक्ष उम्मेदवार सीतादेवी चौधरी १४२१ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी पौडेल प्यानलका श्यामकला भुसालले ९३३ मत प्राप्त गरेकी थिइन् । त्यस्तै सचिवमा चौधरी प्यानलका बसन्त आचार्यले १२३३ मत प्राप्त गरी निर्वाचित भएका छ, भने पौडेल प्यानलका दशरथ घिमिरेले ११७९ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा चौधरी प्यानलका बासुदेव गौतमले १३७८ मत प्राप्त गरी विजयी भएका छ, भने उनका प्रतिस्पर्धी देवमणि चौधरीले ९८५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सदस्यहरूमा चौधरी प्यानलका जगनारायण चौधरी १४२१, किरण चौधरी १४४२, ज्ञान बहादुर बिक १४००, सिवा चौधरी १४०९ , सीता खत्री पोख्रेलले १४५८ मत प्राप्त गरी विजयी भएका छन । संस्थाको नेतृत्वका लागी सहमति हुन नसकेपछि शनिवार निर्वाचन भएको थियो । संस्थाको ४ हजार २ सय ७७ मतदाता रहेकोमा २ हजार ७ सय ९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार