प्यूठान जिप दुर्घटना : ७ जनाको सनाखत

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २२ गते शनिवार

दाङ :  प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा जिप दुर्घटना हुँदा मृतक  ८ जना मध्य ७ जनाको सनाखत भएका लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।  दुर्घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका ३९ वर्षीय बसन्त खड्का, उनकी छोरी ११ वर्षीय एलिसा खड्का रहेका छन् ।

उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँकी ४०  वर्षीया बसन्ती खड्का, २९ वर्षीया केसरी खड्का, गाडी चालक ५२ वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री र ५२ वर्षीया  नन्दी खड्का रहेको प्रहरीले जनाएको छ  ।

त्यस्तै करिब २०-२२ वर्षीया महिलाको सनाखत नभएको प्रहरीले जनाएको छ । उनीहरु सबैको घटना स्थलमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  त्यस्तै दुर्घटनामा परी दुलाहा – दुलहीसहित ५ जना घाइते भएका छन् । घाइते मध्य २५ वर्षीय दुलाहा दान बहादुर खड्का, २० वर्षीय दुलही रीमा जिसी, २५ वर्षीया सावित्रा जिसीको जिल्ला अस्पताल  बिजुवार  उपचार भइरहेको छ ।

त्यस्तै १७ वर्षीय नरेश खड्का र २१ वर्षीया हरि बुढामगरलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।  शनिबार  बिहान करिब ३ बजे तिर लुङबाट  प्यूठानको गौमुखी गाउँपालिका ६  ओखरपाटा फर्कदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार