दाङमा लागू औषधसहित ४ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २१ गते शुक्रवार

दाङ :  दाङमा प्रहरीले लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बबई गाउँपालिका  ६ बस्ने २६ वर्षीय सञ्जीव बोहरा , सोही वडाका खिलतपुर बस्ने  २९ वर्षीय हेमन्त केसी, शान्तिनगर गाउँपालिका  २ बस्ने ३० वर्षीय  लोकेन्द्र विष्ट  र  तुलसीपुर उपमहानगरपालिका  ७ राजापुर बस्ने १९ वर्षीय रोहन नेपाली रहेको इप्रका तुलसीपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ र  इलाका प्रहरी कार्यालय खिलतपुर दाङले विषेश प्रहरी टोली खटाई तुलसीपुर तथा आसपासका वडा एरियाहरूमा लागू औषध खरिद, बिक्री, बितरण तथा सेवन गर्ने ब्यक्तिहरूको खोज तलास पहिचान गर्ने क्रममा बिहीबार  इप्रका खिलतपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई लागू औषध ब्राउन सुगरनाईट्राभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

 उनीहरूको साथबाट प्रहरीले लागू औषध बिक्री बितरण ,खरीद गरी रहेको अवस्थामा ३५० मिली ग्राम लागू ब्राउन सुगर र २६ ट्याबलेट नाईट्राभेट फेला पारेको थियो । साथै पक्राउ परेका व्यक्तिमाथि म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार