तुलसीपुरमा ५ दिनमा करिब २४ हजार विद्यार्थीलाई खोप प्रदान

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २० गते बिहिवार


दाङ :  तुलसीपुरमा बिहीबार १ हजार ४३४ जना  विद्यार्थीहरूलाई कोरोना विरुद्धको पहिलो खोप प्रदान गरिएको छ । योसँगै ५ दिनको अवधिमा १२ देखि १७ वर्षसम्म उम्मेरका २३ हजार ८६५ जना विद्यार्थीलाई  मोडर्ना पहिलो खोप प्रदान गरिएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । 

त्यस्तै उनका अनुसार बिहीबार  १८ वर्ष देखि माथिका कुनै पनि खोप नलगाएका ४६६ जना व्यक्ति पहिलो खोप प्रदान गरिएको छ । यसैगरी पहिलो खोप लगाएको दोस्रो खोप लगाउन छुटेका १६८ जनालाई दोस्रो खोप प्रदान गरिएको उनको भनाइ छ ।

त्यस्तै २३० जनालाई  बुस्टर / अतिरिक्त खोप प्रदान गरिएको छ ।  त्यसैगरी मेट्रो अस्पताल, राप्ती प्रादेशिक अस्पताल, राप्ती आयुर्वेद अस्पताल ,मानपुर स्वास्थ्य चौकीमा  ७९ जनाको कोरोना  परीक्षणमा १० जना पुरुष र  ११ जना महिला गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए  ।

त्यस्तै थप ६९ जना कोरोना मुक्त भएका छन् । उपमहानगरमा हाल  १४२ जना कोरोनाका सक्रिय सङ्क्रमितहरू रहेका छन् । त्यस्तै  ७ जना अस्पताल भर्ना भएका छन् ,भने होम आइसोलेसनमा १३६  जना रहेका छन् । तुलसीपुरमा तेस्रो लहर शुरु भएसँगै हाल सम्म मृत्यु १ जनाको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार