करिब ३ लाख नगदसहित ८ जना जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ माघ २० गते बिहिवार


दाङ : दाङमा प्रहरीले करिब ३ लाख  नगद रुपैयाँसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।  बुधबार राती शान्तिनगर गाउँपालिका ५ स्थित निराजन मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा २ लाख ८२ हजार ३ सय नगद रुपैयाँसहित ८ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ७ का  ४० वर्षीय प्रमोद कुमार खड्का,  सोही ठाउँ निवासी ३२ वर्षीय निराजन मल्ल, ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, बबई गाउँपालिका ४ का  ४० वर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका ९ का ३० वर्षीय राजेश कुमार बोहरा,  तुलसीपुर १० का ५८ वर्षीय ध्रुव शाह र भारत बिहार घर भई हाल शान्तिनगर  ५ बस्ने  ३५ वर्षीय हजरत अली रहेको प्रहरीले जनाएको छ । 

 गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक नवीन चुदालीको नेतृत्वमा गएको प्रहरी टोलीले मल्लको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका १० थान मोबाइल तथा एक गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार