तुलसीपुरमा ३ दिनमा २१ हजार बढि विद्यार्थीलाई कोरोना खोप प्रदान

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १८ गते मङ्गलवार


 दाङ :   तुलसीपुरमा हाल सम्म २१ हजार बढि विद्यार्थीहरूलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरिएको छ ।  उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार मंगलबार  थप  ६ हजार १० जना  विद्यार्थीलाई खोप प्रदान गरेसँगै तुलसीपुरका ३ दिनको अवधिमा २१ हजार ११९ जना विद्यार्थीलाई मोडर्ना खोप प्रदान गरिएको हो ।  

त्यस्तै बुधबार  वार्ड नं ३ , ११ , १२ , १३ र १८ का विद्यालयमा खोप सञ्चालन गरिने उनले जानकारी दिए ।   यसैगरी बुधबार नै राप्ती प्रादेशिक अस्पतालमा विदेश जाने हरूको लागि पासपोर्ट भिसा कागजको आधारमा जोन्सन खोप लगाउने कार्यक्रम रहेको समेत बताए । 

त्यस्तै  तुलसीपुरमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  तुलसीपुर मेट्रो अस्पतालमा १६ जनाको परिक्षण गर्दा ७ जना, राप्ती प्रादेशिक अस्पतालमा २५ जनाको परिक्षण गर्दा १५ जना , जनस्वास्थ्य प्रबर्द्धन शाखामा  ७ जनाको गरिएको परीक्षणमा २ जनामा र  प्रादेशिक आयुर्वेद चिकित्सालयमा गरिएको परीक्षणमा  १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

 यो सँगै तुलसीपुरमा कोरोना सक्रिय संक्रमित सङ्ख्या १९२ जना रहेको उनको भनाइ छ । त्यस्तै थप ३५ जना कोरोना मुक्त भएका छन् । योसँगै तुलसीपुरमा ५७० जना कोरोना मुक्त भएका छन्, भने एक जनाको मृत्यु भएको छ । गत पुस १८ देखि अहिले सम्म ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार