बर्दियामा आगो तापेर बसिरहेकालाई टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु, ३ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १८ गते मङ्गलवार


दाङ : बर्दियामा टिप्परको ठक्करबाट २ जनाको मृत्यु भएको, भने ३ जना ३ घाइते भएका छन् । मृत्यु हुनेमा बर्दियाको  बढैयाताल गाउँपालिका ३ बस्ने ४५  वर्षीय सोम बहादुर र  सोही ठाउँका ४५ वर्षीय को रामु थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

विकको घटना स्थलमा र थारूको  उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज नेपालगञ्जमा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।  प्रहरीका अनुसार सोमबार राती ८ बजेतिर बढैयाताल ३ सतपतिया  स्थित भित्री सडक खण्डमा सुर्खेतबाट जमुनी बर्दिया तर्फ आँउदै गरेको भे.१ क. १४९५ नम्बरको ट्रिपर अनियन्त्रित भई थारूको घर अगाडि आगो तापी बसिरहेका अवस्थामा ठक्करले  दिएको थियो । 

त्यस्तै घटनामा परी घाईते हुनेहरूमा बढैयाताल  ३  बस्ने ३५ वर्षीया प्रमिला चौधरी, सोही ठाउँकी  ४० वर्षीय चमेलिया थारू  र सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का  १९ वर्षीय टिप्परका सहचालक लक्ष्मण सुनार रहेको उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले टिप्पर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ बस्ने ३३ वर्षीय दुर्गा बिकलाई नियन्त्रणमा लिई  अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार