काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९१० पीसीआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २३५ एन्टिजेन परीक्षणका क्रममा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।
त्यस्तै थप ६ हजार ५ ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७१९ संक्रमित निको भएका छन् । त्यस्तै, विगत ४ दिनको अवधिमा देशभर ३२ जना संक्रमितले ज्यान गुमाएका छन्। देशका विभिन्न जिल्लामा भएको संक्रमितहरूको मृत्युको ४ दिनको तथ्यांकअनुसार यो संख्या आएको मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ हाल नेपालमा ८३ हजार ९९९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।