जेठभित्र स्थानीय चुनाव गर्न सत्तारूढ दल सहमत

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १५ गते शनिवार

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ। आज दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको हो।

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न दलहरू सहमत भएको जानकारी दिए।

उनले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने पनि बताए। संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार