सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १५ गते शनिवार

सल्यान : सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिकास्थित लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको रा १ त ५०२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका–५ मूलाबारीका टेकबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

राप्ती राजमार्गमा शनिबार दिउँसो दुर्घटनामा घाइते भएका विकको उपचारको क्रममा सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले बताए। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अटो खसेको पौडेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार