तुलसीपुरका ऋषिले गरे उल्टो हिँडेर मेचीमहाकाली पैदल यात्रा

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १५ गते शनिवार

दाङ : हातले टेकेर यस अघि विश्व रेकर्ड ( गिनिज बुक ) मा नाम लेखाउन सफल दाङ तुलसीपुर ३ रानागाउँ निवासी ऋषि परियारले शनिबारदेखि नयाँ अभियानको सुरुवात गरेका छन् । पूर्व मेची देखि पश्चिम महाकाली सम्म उल्टो हिँडेर पैदल यात्रा को अभियान सुरु गरेका छन् ।

उनले पूर्व मेचीको पुलबाट यात्रा सुरु गरेका हुन् । प्रदेश सांसद झलक सिंह दर्लामी, मेची नगरपालिका ६ का वडाध्यक्ष ललित तामाङ लगायत विशेष ब्यक्तिहरूको उपस्थितिमा एक कार्यक्रमका बिच यात्रा शुभारम्भ गरेको छन ।

स्वास्थ्यका लागी मेची– महाकाली उल्टो पैदल यात्रा नाराका साथ यो अभियान शुरु गरेको परियारले बताए । आफूले गर्ने गतिविधिहरू नयाँ र रोचक हुने भएकाले यस पटक पैदल यात्रा गर्न लागिएको उनको भनाइ छ । आफ्नो यो यात्राको उद्देश्य भनेको आफ्नो ठाउँ र राष्ट्रको पहिचान चिनाउने भएको समेत उनले बताए ।

पूर्व मेची देखी पश्चिम महाकाली सम्म झन्डै एघार सय किलोमिटर दूरी रहेको र आफूले त्यो यात्रा पुरा गर्ने उनको दाबी छ । झन्डै दुई महिनामा यात्रा पुरा गर्ने योजना बनाउनु र हरेक दिन बिहान देखी बेलुका अँध्यारो नहुँदा सम्म यात्रा गरिरहने उनले बताए ।

विगतमा हातले टेकेर २ किलोमिटर दूरी यात्रा गरेको आधारमा सन् २०२० जनवरी ३१ मा विश्व रेकर्डका लागी कागजपत्र पेश गरेकोमा त्यसको ९ महिना पछि प्रमाण पत्र पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार