राज पायलको ‘खुशी हुनु तिमी’ सार्वजनिक 

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १५ गते शनिवार


दाङ :  राज पायल रोका मगरको स्वर रहेको गीत ‘खुशी हुनु तिमी ’ सार्वजनिक भएको छ । झग्गु भण्डारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा देव मगर, रचना रोका र तेज ओलीको मुख्य भूमिका रहेको छ ।
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले म्युजिक भिडियो बनाउँदा प्राविधिक केही कठिनाइ भएयता पनि भिडियो सुटिङका पलहरू रमाइला र यादगार रहेको बताए । साथै, उनले दाङमा चलचित्र वा भिडियो छायाँङ्कनका लागि पर्याप्त ठाउँहरू रहेको दावी समेत गरे ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष ध्रुव राज न्यौपानेले चलचित्र निर्देशक तथा साहित्यकार डिल्ली बस्नेत ( संगीत ) र म्युजिक भिडियो निर्देशक अमृतमान ओलीले सीमित श्रोत र साधनको बाबजुद पनि म्युजिक भिडियो राम्रो र आकर्षक बनेको भन्दै भिडियोका निर्देशक , कलाकारसहित सिङ्गो टिमको प्रशंसा गरेका थिए ।

विष्णु अधिकारीको संगीत रहेको गीतमा लक्ष्मण भन्तना शिशिरको शब्द रहेको छ । विप्लव अधिकारीले सम्पादन गरेको भिडियोलाई राज पायल रोका मगर युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । चलचित्र पत्रकार संघ दाङका सहसचिव निरला गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार