गायक  सन्दीपको ‘‘दिलमाया’’

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १३ गते बिहिवार

दाङ :   सफलता संघर्ष निरन्तरताको पर्यायवाची हुन् गायक सन्दिप न्यौपाने । दाङको उर्बर माटोमा जन्मिएर नेपाली लोक दोहोरी गीत सङ्गीतलाई  काँधमा बोकेर हिँडिरहेका उनको यात्रा भने सजिलो थिएन थुप्रै दोहोरी प्रतियोगितामा दौडधुप गर्दै आफ्नो साङ्गतिक प्यास मेटाउन तल्लिन गायक न्यौपानेको न प्यास मेटियो, न भोक मेटे, न थकाइ मारेर निराश भए । 

 असफलता नै सफलताको प्रतीक हो, भने झै दशकौँ देखिको यात्राले पछिल्लो समय भने उनलाई एकपछि अर्को गीतले व्यावसायिक सफलतासँगै देश विदेश जताततै  सन्दीपमय बनायो ।  हसिलो चेहरा, मिजासिलो स्वभाव र सबैलाई सम्मान गर्ने महान गुणले भरिएका गायक सन्दिप न्यौपानेसँगै अभिनय यात्रालाई पनि साथै लिएर अगाडि बढिरहेका छन ।

लालुमै को ऐतिहासिक सफलतासँगै  सर्जक शिव हमाल  सँगको सहकार्यमा दिलमाया आएको छ । यही माघ १३ गतेबाट सार्वजनिक भएको  छ ।  गायिका शान्तिश्री परियारले आवाजमा सहकार्य गरिएको दिलमायाको लेखन र संगीत सर्जक शिव हमालको रहेको जानकारी दिए ।

निर्देशक प्रकाश भट्टको निर्देशक उक्त गीतमा अञ्जली अधिकारी र गायक सन्दीपको दमदार अभिनय रहेको छ, भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् भने नवराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार