पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु, ८०१७ संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १३ गते बिहिवार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार