लुम्बिनीमा २९६ मतमा २९४ मत खस्यो, मतगणना शुरु

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १२ गते बुधवार

दाङ :  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा सकिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ३ बजे सम्म २९४ जनाले मतदान गरेका थिए । प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका गरी २९६ जना मतदाताहरू रहेका थिए ।

ति मध्यमा प्रदेशसभा ८१ जना मतदाताहरू रहेकोमा सबैले मतदान गरेको कार्यालयले जनाएको छ । त्यस्तै स्थानीय तहतर्फ २१५ जना रहेकोमा २१३ जनाले मतदान गरेका छन् । रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा मेयर डा. धवल शमशेर राणाले मतदान गरेका छैन् ।

उनीहरु दुबै जना राप्रपाबाट निर्वाचित भएका हुन् । राप्रपाले प्रदेश १ मा बाहेक उम्मेदवार नभएका अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार