दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा २ बजेसम्म २९४ मत खसेको छ । मतदानमा प्रदेशसभातर्फ ३३ जना महिला र ४८ जना पुरुष गरी ८१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। कार्यालयका अनुसार प्रदेश सभातर्फ ८१ जना मतदाताहरू रहेकोमा सबैले मतदान गरेका छन् ।
त्यसैगरी स्थानीय तहतर्फ १०० जना महिला र ११३ जना पुरुष गरी २१३ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । स्थानीय तहतर्फ २१५ जना मतदाताहरू रहेका छन्। बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। प्रदेशमा २९६ मतदाता रहेका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस