ब्राउन सुगर र नगद करिब २ लाखसहित ३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ माघ १० गते सोमवार

दाङ :  बाँके प्रहरीले  लागू औषध  ब्राउन सुगर नगद करिब २ लाखसहित ३ जनालाई पक्राउ गरेको छ  ।  पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका १० बस्ने  ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज १६ बस्ने ३९ वर्षीय कल्लु जोहाल र ३५ वर्षीया जरिना अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरूलाई सोमबार दिउँसो करिब ३ बजेतिर नेपालगन्ज १० ट्राफिक चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  वडा प्रहरी कार्यालय नेपालगन्ज र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मुन्नीले  लगाएको सुइटरको  खल्तिमा लुकाई छिपाई राखिएको ३० ग्राम ब्राउन सुगर फेला परेको जिप्रका बाँकेले जनाएको छ ।

 साथै अन्सारीको साथबाट नगद ७० हजार ५०० नेपाली रुपैयाँ  र ७० हजार ३५० भारतीय गरी १ एक लाख ८३ हजार ६०  नेपाली रुपैयाँ  र र्यापर कागज पनि बरामद भएको प्रहरीले जनाएको । पक्राउ परेकाहरू माथि  आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार