१८० जना एकल महिलालाई न्यानो कपडा वितरण

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ९ गते आइतवार


दाङ :   लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले समाज तथा घर परिवारबाट अपहेलित हुनुपर्ने एकल महिलाहरूको पक्षमा राज्य रहेको बताए ।  लमही नगरपालिका  ५ ले आयोजना गरेको एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकल महिलाहरूले अब अपहेलित भएर बस्नु नपर्ने, सबैका सुखका दिन सुरु भएको समेत बताए । 

‘अब पहिला जस्तो अपहेलित भएर बस्नु पर्दैन । सरकारले तपाईँहरूको पक्षमा काम गरेको छ’ उनले भने,‘ एकल, बिधुवा महिलाहरूलाई राज्यको तर्फबाट सामाजिक सुरक्षा भत्ता दिन्छ । यो पनि एउटा सम्मान हो ।’ 

त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले एकल महिलाको पक्षमा स्थानीय सरकार रहेको, कहीं कति अफ्ठेरोमा परेमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘तपाईंहरू एक्लो हुनुहुन्न । तपाईँहरूको पक्षमा स्थानीय सरकार छ । दुःख परेमा हामीले साथ दिन्छौं’ उनले भने ,‘कुनै लाञ्छना, भेदभाव सहेर बस्नुपर्ने अवस्था छैन् । हामीले सुधार गरिरहेका छौं ।’ 

वडा नं. ५ ले वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत एकल महिला सम्मान कार्यक्रम गरेको छ । १८० जना एकल महिलालाई न्यानो कपडा ( व्ल्यङकेट ) वितरण गरिएको छ ।  २ लाख ५० हजार रुपैयाँको बजेट बाट एकल महिलालाई सम्मान गरिएको वडाध्यक्ष विम बहादुर केसीले बताए ।

‘एकल महिलालाई कसैले पनि सम्बोधन नगरेको हुँदा हामीले बजेट विनियोजन गरेर उहाँहरूलाई सम्झेका हौं,’ उनले भने,‘ परिवारका सदस्यले पनि एकल महिलालाई सम्मान गर्ने, उहाँहरूको लागी लगानी गर्ने वातावरण तयार पार्न सरकारको तर्फबाट सम्मान गर्ने योजना बनायौँ ।’ 

 वडा अध्यक्ष केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद शर्माको प्रमुख आतिथ्यता, मेयर कुलबहादुर केसी, उपमेयर देवका बेल्बासेको विशिष्ट आतिथ्यतामा न्यानो वितरण गरिएको थियो ।  न्यानो वितरण कार्यक्रममा वडा सदस्य जगनारायण चौधरी, भगवता  बस्नेत, सिता परियारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार