नेपालमा साढे १० हजार बढि कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ७ गते शुक्रवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा साढे १० हजार बढि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पिसीआर गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ जानको ऐन्टिजेन गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा ७६६ जना निको भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ, भने हाल देशभर ६५ हजार ३७४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार