जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ माघ ३ गते सोमवार

दाङ :   बर्दियामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने  जाजरकोट  शिवालय गाउँपालिका ७ घर भई हाल बर्दियाको गुलरिया नगरपालिका ५ बस्ने ३०  वर्षीय  जनक बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  प्रहरीका अनुसार शाहीले माघ १ गते साँझ एक १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । उनले  ति बालिकालाई विभिन्न किसिमका प्रलोभनमा पारी ललाइ फकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिप्रका बर्दियाबाट  गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।  त्यस्तै उनलाई बर्दिया जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिप्रका बर्दियाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार