दाङ : तुलसीपुर नगर जेसिजमा नयाँ नेतृत्व चयन भएको छ । जेसिज वर्ष २०२२ को अध्यक्षमा केशवराज केसी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा मानबहादुर बस्नेतलाई पछि पार्दै केसी अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक मोहन स्वर्णकारका अनुसार तुलसीपुर नगर जेसिज २०२२ का लागि कार्यकारिणी उपाध्यक्षमा चेतन कँडेल, सन्दिप भुसाल, उपाध्यक्षमा सञ्जय न्यौपाने, मनिष शाह, शैलेन्द्र ओली, कान्तुराम खनाल र सचिवमा सुरज भण्डारी निर्वाचित भएका छन् । त्यस्तै अन्य पदमा भने अध्यक्षले मनोनयन गर्ने छन् ।
नयाँ नेतृत्व चयनका लागि लामो समयसम्म सहमतिको प्रयास भएपनि सहमति जुट्न नसकेपछि सोमबार निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरिएको हो । तुलसीपुर नगर जेसिजमा एक कार्यकालका लागि मात्रै निर्वाचन भएको थियो, भने अन्य नेतृत्व सर्वसम्मत चुनिँदै आएका थिए ।