तुलसीपुरका १९ वटा वडाहरू मध्य १३ र १४ बाहेक सबै वडामा कोरोना संक्रमण देखियो

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २६ गते सोमवार

दाङ :   तुलसीपुरमा हाल सम्म १८७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।  जसमा समुदायका विभिन्न पेशा व्यवसायमा लागेका तर पेशा नखुलेका ७१ जना , भारतबाट आएका २ जना , १७ जना स्वास्थ्यकर्मीहरू रहेका छन् । त्यस्तै २ जन प्रतिनिधि ४ जना कर्मचारी  २४ जना विभिन्न विद्यालयका शिक्षकहरू , ६५ जना  विभिन्न विद्यालयका विद्यार्थीहरू र २ जना पत्रकार गरी १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।   

उनका अनुसार हाल सम्म ८ ओटा स्वास्थ्य संस्था, १९ ओटा विद्यालय र १ कार्यालयका व्यक्तिहरूमा संक्रमण देखिएको छ । त्यस्तै तुलसीपुरका १९ वटा वडाहरू मध्य  हाल सम्म वडा नं १३ र १४ बाहेक सबै वडामा संक्रमण देखिएको समेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार