तुलसीपुरमा थप ३२ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २६ गते सोमवार

दाङ :  तुलसीपुरमा सोमबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरको विभिन्न स्थानमा ६० जनामा गरिएको कोरोना परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

मेट्रो अस्पतालमा गरिएको परीक्षणमा २१ जना, राप्ती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४ जना, बसपार्कको हेल्थ डेस्कमा परिएको परीक्षणमा ६ जना र राप्ती आँखा अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको केसीले बताए ।

कोरोना पुष्टि हुनेमा १२ पुरुष र २० जना महिला छन् । जसमध्ये १८ वर्ष मुनिका ५ जना र २७ जना खोप  लगाएका  व्यक्तिमा कोरोना देखिएको हो । योसँगै तुलसीपुरमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १८७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार