तुलसीपुरमा थप ११ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २४ गते शनिवार

 दाङ : तुलसीपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार ३०  जनाको  तुलसीपुर मेट्रो अस्पतालमा आरटी एन्टिजेन  विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । 

संक्रमित मध्य ५ जना विद्यार्थी ,३ जना शिक्षक,  ३  जना समुदायका नागरिकहरू रहेका छन् ।  त्यस्तै संक्रमित हुनेहरूमा राप्ती बाल अकाडेमीका  ५ जना  विद्यार्थी, हाम्रो पहुँच, गुरु जजुर मावि रक्षाचौर, ज्ञानज्योति र जनकल्याण मावि दुधरासका ३ जना शिक्षक कोरोना पुष्टि भएको हो ।

साथै तुलसीपुरमा यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ११७ जना पुगेको छ । जसमा ४ जना अस्पतालमा भर्ना भएका छन्, भने ११३ जना होम क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार