सर्बोतम बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २४ गते शनिवार

दाङ : दाङको घोराहीमा रहेको सर्वोतम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज शनिबार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष   धुव्रराज  पौडेलको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले सहकारीले नागरिकको आर्थिक विकासमा सहयोग पु¥याउने बताए ।

आर्थिक विकासको प्रमुख आधार सहकारी भएकाले यसप्रति नागरिकको विश्वास बढाउन आवश्यक रहेको बताए । यस्ता सहकारी आर्थिक कारोबारमा मात्र केन्द्रित नभएर सामाजिक उत्तरदायित्वमा पनि ध्यानदिन आग्रह गरे ।  उनले दाङमा पहिलोपटक यस सहकारीले सहकारी बजार सञ्चालनमा लगाउनु नै स्थानीय खेतीको उत्पादनमा प्रोत्साहन मिलेको बताए ।

यस संस्थाले सञ्चालन गरिहेको सहकारी बजारको  व्यवस्थापकीय पक्ष बलियो बनाउन आवश्यक रहेको बताए  । त्यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्दे वशिष्ठ अतिथि एवं बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, जिल्ला सहकारी संघ दाङका सदस्य कृष्णप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, ज्योतिपुञ्ज आ. मावि घोराहीका प्रिन्सिपल बुद्धिराज अधिकारी, राष्ट्रिय सहकारी बैंक ली. घोराही शाखा प्रमुख डिल्लीराज दाहाल, शेयर सदस्यहरू नरेन्द्र केसी, माधव चौधरी , शारदा शर्मा लगायतले  लाई उत्पादन र उद्यमशीलतासँग जोडेर अगाडि बढ्न आग्रह गरे ।

साधारणसभामा नियमित रुपमा बचत गर्ने सदस्य तर्फ कुसुम गौतम शर्मा, असल ऋण कारोबार गर्ने सदस्य तर्फ शान्ता केसी र शेयर सदस्य संख्या वृद्धि गर्ने सदस्य तर्फ शालिकराम खनाल लाई सम्मान गरिएको थियो ।  साथै सहकारी संस्थाले सञ्चालन गरेको सहकारी बजारमा सबैभन्दा बढी कारोबार गर्ने सदस्यहरू तर्फ सुनकुमारी घर्ती, कमल थपलिया,  नवीन कुमार पाण्डे, दिनेश गौतम, ज्योतिपुञ्ज आ.मावि ,सुनिता खड्का, पद्मा लम्साल, लोकेन्द्र बुढाथोकी, गिरिराज शर्मा र सरस्वता पार्धेलाई कारोबार अङ्कको आधारमा प्राप्त रकम सहित सम्मान गरिएको थियो ।

पाँच सय दुई सेयर सदस्य रहेको सहकारी संस्थामा वर्ष भरी बढी कारोबार गर्ने १० जना सेयर सदस्यलाई सम्मान गरिएको हो । त्यस्तै सेयर सदस्य वृद्धि गराए वापत शालिकराम खनाल, असल ऋण कारोबार गर्नेमा शान्ता केसी र नियमित बचत गर्न तर्फ कुसुम गौतमलाई संस्थाले सम्मान गरेको छ ।  कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष  धुव्रराज  पौडेल र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष गुरुप्रसाद खनालले प्रस्तुत गरेका थिए  ।  त्यस्तै संस्थाको लेखा सुपरीवेक्षण प्रतिवेदन समितिका संयोजक खिमराज खनाल र सहकारी बजार परियोजना प्रमुख कमल थपलियाले सहकारी बजारको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गरेका थिए  । कार्यक्रममा उपस्थित सबैलाई संस्थाका सञ्चालक युवराज थपलियाले धन्यवाद ज्ञापन गरे । दाङ जिल्लाभर कार्यक्षेत्र रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले घोराहीको तुलसीपुर चोकमा सहकारी बजार सञ्चालन गर्नुका साथै दाङको जडीबुटी पकेट क्षेत्रमा जडीबुटीका बिरुवाहरू स्थानीयहरूको सहभागितामा वृक्षारोपण गरेको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार