एमाले  दाङ जिल्ला कमिटी सदस्य  बूढाद्धारा पार्टीमा नबस्ने घोषणा

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २३ गते शुक्रवार

दाङ  :  नेपाल कम्युनिस्ट पार्टी  ( एमाले )  जिल्ला कमिटी सदस्य भीम बहादुर बुढाले पार्टीमा नबस्ने घोषणा गरेका छन् । पार्टीको १३ औँ जिल्ला अधिवेशनको दिन बुढाले पदमा नरहने घोषणा गरेका हुन्  । जिल्ला सदस्य बुढाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले दक्षिणपन्थी र अवसरवादी पार्टी भएको बताउँदै उनले आफू एमालेमा नबस्ने घोषणा गरेका छन् ।

उनले  पार्टीमा पुराना नेता तथा कार्यकर्ताको  भन्दा पनि नेताहरूको चाकडी गर्नेहरूको मात्र संरक्षण हुने  भएकाले आफू एमालेमा नरहने  घोषणा गरेका छन्  ।  बूढाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपा एमाले खराब  प्रवृत्तिका विरुद्ध लड्नु भन्दा त्यसलाई  प्रशय  दिनेका काम गर्दै आएको उल्लेख छ ।

नारायणहिटी ,ललिता निवास जग्गा प्रकरण तथा स्थानीय रुपमा घोराही उपमहानगरपालिकाले बिग्रेका सवारी साधनमा इन्धन हाल्ने  र वडा नं. १४ मा भएको कल्पु धर्मशाला कुनै जात विशेषका  समुदायलाई मात्र दिएको देख्दा यो कार्य कम्युनिष्ट आचरण विपरित भएको हुँदा पुराना र  इमानदार कार्यकर्ता यो पार्टीमा बस्नु उचित नदेखिएको उल्लेख गरेका छन् ।

 उनले एमालेले आफ्नो वर्गीय धरातल बिर्सेका  कारण निरन्तर नागरिक बनेर  बस्ने निर्णय गरेको समेत विज्ञप्ति मार्फत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार