घोराहीमा  विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

Author Logo..
अनलाइन राप्ती २०७८ पुष २० गते मङ्गलवार


दाङ : घोराही उपमहानगरपालिकाले मंगलबार देखी विद्यार्थीहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय मै खोप केन्द्र सञ्चालन गरेर खोप लगाउन सुरु गरेको स्वास्थ्य शाखाले जनाएको छ । १२ वर्ष देखी १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई यही पुस २४ गते सम्म मोडेर्ना खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए  । 

नगर भित्रका ८० बढी विद्यालयका २५ हजार ९ सय ४० जना विद्यार्थीहरूलाई खोप लगाउने लक्ष्य लिइएको उहाँको भनाई छ ।  नगरमा अहिले सम्म ९८ प्रतिशत नागरिकहरूले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको जानकारी  दिए । एक लाख २१ हजार ७ सय ९३ जनाले पहिलो डोज र ७३ हजार ४ सय ६५ जना अर्थात ५९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार