तुलसीपुरमा विद्यार्थी र कर्मचारी गरी ६ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १८ गते आइतवार

दाङ :  तुलसीपुरमा आइतबार कर्मचारी र विद्यार्थीहरू गरी  ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शंकास्पद १३  जनामा एन्टिजेन विधिबाट मेट्रो अस्पतालमा कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये ५ जना पुरुष र १ महिला रहेको उपमहानगरका फोकल पसर्न विमल केसीले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा तुलसीपुर ६ की  ४० वर्षीय महिला ,३२ वर्षीय पुरुष, त्यसै गरी वार्ड नं ८ का ५१ वर्ष पुरुष ,वार्ड नं ११ का १७ वर्षका पुरुष, वार्ड नं २ का ४७  वर्षका पुरुष रहेका छन्,  भने रुकुम घर भएका १७ वर्षका पुरुषमा  पनि संक्रमण पुष्टि भएको उनले  जानकारी दिए । 

उनका अनुसार सङ्क्रमितहरूको  स्वास्थ्य अवस्था सामान्य रहेको छ । जस मध्ये १ जनालाई   कोरोना इकाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ,  भने अन्य ५ जना होम आइसोलेसनमा  रहेको उनले बताए ।  त्यस्तै आज भन्दा १० दिन  अघि तुलसीपुरमा सक्रिय कोरोना संक्रमित सङ्ख्या  शून्य अवस्थामा रहेको थियो ।

उनले माघको पहिलो हप्तामा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने जन स्वास्थ्यविज्ञहरूले   आकलन गरेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरे ।  तुलसीपुरमा यस भन्दा अगाडि पहिलो र दोस्रो लहरको समेत गरी ४ हजार ५७७ जना संक्रमित भएका र ति मध्य विभिन्न स्थानहरूमा समेत गरी ११८  जनाको मृत्यु भएको समेत जानकारी दिए । 

त्यस्तै कोरोनाको तेस्रो लहर फैलिन सक्ने भएकोले शंकास्पद लक्षण भएका व्यक्तिहरूले निःशुल्क कोरोना परिक्षण गराउनु हुन र स्वास्थ्य सावधानी अपनाई क्रियाकलापहरू सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आजै निर्देशन जारी गरेको भन्दै सचेत रहन आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार