तुलसीपुर खानेपानी निर्वाचन अपडेट : ३ हजार मत गणना हुँदा कोषाध्यक्ष बाहेक अरु पदमा भण्डारी प्यानलको अग्रता कायम

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १८ गते आइतवार

दाङ :  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागी भएको मतदानको मत गणना जारी रहेको छ । बिहान करिब ९ बजेसम्ममा ३००० मत गणना हुँदा संयुक्त प्यानलको अग्रता कायम रहेको छ  ।
अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १३६७ मत प्राप्त गरेका छन् । यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार पवनराज बुढाथोकीले ११९० र दीपक कुमार धितालले १९६ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्माले १५३७, गिरीधारी पौडलले १०१४ र  पूर्ण  प्रसाद धितालले ४७ मत प्राप्त गरेका छन् । यस्तै सचिव पदका उम्मेदवार सेवकराम भण्डारीले १९४१ र  दामोदर लामिछानेले  ४८८ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्ष पदका उम्मेदवार भद्रबहादुर वलीले १०७१, भोलाप्रसाद थापाले ११३५,  मेघराज न्यौपानेले २१८ र  कर्ण बहादुर वलीले  ५६ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्य पदका उम्मेदवार लक्ष्मण केसीले १७७१, पदमबहादुर खड्काले १४५८ र शोबिन्द्र चन्दले ८६० मत प्राप्त गरेका छन् ।

संस्थाको कुल मतदाता संख्या ७ हजार ४६७ रहेकोमा ४ हजार ४०५ मत खसेको थियो ।    नेतृत्वका लागि तुलसीपुर क्षेत्रका क्रियाशील ९ राजनीतिक दलहरूको समर्थनमा  भण्डारीको प्यानल चुनावी मैदानमा रहेको छ, भने अर्को तर्फ कांग्रेसकै बागी उम्मेदवार पवनराज बुढाथोकी र विपी कांग्रेसका नेता दीपक धिताल चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार