तुलसीपुर खानेपानी निर्वाचन अपडेट : कोषाध्यक्ष बाहेक अरु पदमा भण्डारी प्यानलको अग्रता कायम

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १८ गते आइतवार

 दाङ :  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागी भएको मतदानको मत गणना जारी रहेको छ । बिहान सवा ८ बजेसम्ममा २ हजार ६०० मत गणना हुँदा संयुक्त प्यानलको अग्रता कायम रहेको छ  ।
अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी १ हजार १९४ मत प्राप्त गरेका छन् । यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार पवनराज बुढाथोकीले १०२० र दीपक कुमार धितालले १६६ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्माले १३४५, गिरीधारी पौडलले ८७० र  पूर्ण  प्रसाद धितालले ३४ मत प्राप्त गरेका छन् । यस्तै सचिव पदका उम्मेदवार सेवकराम भण्डारीले १६९१ र  दामोदर लामिछानेले  ३८५ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्ष पदका उम्मेदवार भद्रबहादुर वलीले ९३८, भोलाप्रसाद थापाले ९८२,  मेघराज न्यौपानेले १८९ र  कर्ण बहादुर वलीले  ४७ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्य पदका उम्मेदवार लक्ष्मण केसीले १५३६, पदमबहादुर खड्काले १२६८ र शोबिन्द्र चन्दले ७४६ मत प्राप्त गरेका छन् ।

संस्थाको कुल मतदाता संख्या ७ हजार ४६७ रहेकोमा ४ हजार ४०५ मत खसेको थियो ।    नेतृत्वका लागि तुलसीपुर क्षेत्रका क्रियाशील ९ राजनीतिक दलहरूको समर्थनमा  भण्डारीको प्यानल चुनावी मैदानमा रहेको छ, भने अर्को तर्फ कांग्रेसकै बागी उम्मेदवार पवनराज बुढाथोकी र विपी कांग्रेसका नेता दीपक धिताल चुनावी मैदानमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार