लागू औषधसहित ५ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १७ गते शनिवार

 दाङ :   इलाका प्रहरी कार्यालय तुलसीपुरले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । दुई दिनको अवधिमा ३ युवती र २ जना पुरुष गरी पाँच जनालाई लागू औषध सहित पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

प्रकाबाट खटिएको प्रहरीको विशेष टोलीले तुलसीपुर बजार लगायत आसपासका वडा एरियाबाट पुस १५ र १६ गते ५ ग्राम ७१० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर ५ (ख) लाइन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दीपु नेपाली, वडा नं. ६ गरुवागाउँ २९ वर्षीय रुद्रमणि पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं.सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार