फोनिज दाङको अध्यक्षमा पुनः राम्जा चयन

Author Logo..
अनलाइन राप्ती २०७८ पुष १२ गते सोमवार

दाङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) दाङको अध्यक्षमा पुनः प्रेमबहादुर राम्जा चयन भएका छन् । सोमवार घोराहीमा भएको संघको ८ औँ जिल्ला अधिवेशनबाट राम्जाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा दिप्ति शिखा चौधरी, सचिवमा विमला घर्ती, सहसचिबमा अमिता चौधरी र कोषाध्यक्षमा दीपक घर्तीमगर चयन भएका छन् । त्यस्तै सदस्यहरूमा टोपेन्द्र रोका, रोम थापा, सुशीला घर्तीमगर, रामप्रसाद चौधरी, सरिता चौधरी, डिला चौधरी रहेका छन् ।

फोनिजको संस्थागत सदस्यमा थारू पत्रकार संघ र मगर पत्रकार सङ्घलाई चयन गरिएको छ । अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सविन प्रियासन, छविलाल कोपिला, लक्ष्मीमान चौधरी, जे.एन. सागर, रिता लामा, रोशनमान श्रेष्ठ र प्रकाश चौधरीलाई चयन गरिएको छ ।

त्यसैगरी प्रदेश प्रतिनिधिमा राजकुमार चौधरी, निमुसंगम घर्ती, शिव घर्ती, जित सागर जीएम, सविता चौधरी, नवीन चौधरी, इन्द्र चौधरी, शालिकराम चौधरी र जयन्ती चौधरीलाई चयन गरिएको छ । फोनिज दाङका अध्यक्षमा प्रेमबहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यता कार्यक्रममा भएको थियो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार