तुलसीपुरमा बिहीबार  ८ हजार बढि कोरोना विरुद्धको खोप प्रदान

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ८ गते बिहिवार

दाङ : तुलसीपुरमा बिहीबार  ८ हजार बढि नागरिकलाई कोरोना विरुद्धको खोप दिइएको छ । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार ८ हजार ३६० जनालाई २१ ओटा खोप केन्द्रबाट पहिलो र दोस्रो मात्राको भेरोसेल खोप प्रदान गरिएको हो । 

पहिलो मात्राको  एक हजार ६२३ जनालाई र दोस्रो मात्रा छ हजार ७३७ जनालाई प्रदान गरिएको उनले जानकारी दिए ।  उनका अनुसार उपमहानगरमा हाल सम्म पहिलो मात्रा ९४  हजार १७२ जनालाई  र दोस्रो मात्रा ६७ हजार  ११२ जनालाई  प्रदान गरिएको छ  ।

त्यस्तै तुलसीपुरमा १८ वर्षदेखि माथिका व्यक्तिलाई खोप लगाउने सङ्ख्या १ लाख १२ हजार भन्दा बढी रहेको अनुमान गरिएको उनले बताए ।  त्यस्तै शुक्रबार पनि छुटेका व्यक्तिहरूलाई मेट्रो अस्पताल ,राप्ती प्रादेशिक अस्पताल लगायत नगर स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुबाट खोप लगाउने कार्यक्रम रहेको उनको भनाइ छ । 

यसैगरी कुनै पनि खोप नलिएका १८ वर्ष देखि माथिका सबैलाई  खोपको पहिलो मात्रा र यस भन्दा अगाडि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिलाई पनि शुक्रबार अन्तिम पटक खोप लगाउने कार्यक्रम रहेकोले अनिवार्य रुपमा नजिकको खोप केन्द्रमा गई खोप लगाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार