दाङ : तुलसीपुरमा मंगलबार साढे ६ हजार बढिलाई कोरोना भाइरस विरुद्ध खोप प्रदान गरिएको छ । उपमहानगरका २१ ओटा खोप केन्द्रबाट भेरोसेल खोपको पहिलो मात्रा एक हजार ७८ जनालाई प्रदान गरिएको र ति मध्य ६४९ महिला ४२९ पुरुष रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
त्यस्तै भेरोसेल दोश्रो मात्रा पाच हजार ६८१ लाई प्रदान गरिएको र ति मध्य चार हजार ३३ जना महिला र एक हजार ६४८ जना पुरुष रहेको समेत उनले जानकारी दिए ।
त्यस्तै १८ वर्ष देखि माथिका व्यक्तिका लागि यो अब अन्तिम अवसर भएको भन्दै सबैलाई पहिलो मात्रा लगाई सक्ने र पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिलाई दोस्रो मात्रा लगाउने कार्यक्रम अन्तर्गत पुस ४ गतेबाट खोप कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।
यो खोप कार्यक्रम पुस ९ गते सम्म सञ्चालन हुने समेत फोकल पर्सन केसीले जानकारी दिए । उनका अनुसार अबको केही समयपछि विद्यालयमा १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीहरूलाई खोप लगाउनका लागि तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ ।