ब्राउन सुगरसहित भारतीय एक नागरिकसहित दुई जना

Author Logo..
अनलाइन राप्ती २०७८ पुष ६ गते मङ्गलवार

दाङ : दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित भारतीय एक नागरिक सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तरा प्रदेश बहराइच मन्सुरगंज कदरी जामा मस्जिद बस्ने १८ वर्षीय समिर अंसारी र नेपालगञ्ज उपमहानगरपालिका १८ की वर्ष ४५ की चन्द्रा राना रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


उनीहरूलाई प्रहरीले सोमबार अपरान्ह साढे चार बजेतिर लमही नगरपालिका ९ अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पूर्व– पश्चिम राजमार्ग स्थित अमिलियामा औषध ओसार पसार र बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले १५० ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको उनले जानकारी दिए ।

साथै प्रहरीले उनीहरूको साथबाट २ वटा मोबाइल र भारु ५ सयका ८ वटा नोट बरामद गरेको समेत जनाएको छ ।
लागू औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ को दफा १४ (छ) मा एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद सम्मको सजाय र पाँचलाख रुपैयाँ देखी रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार