तुलसीपुर महोत्सवकाे सम्पूर्ण तयारी पुरा

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २९ गते बुधवार

दाङ :   प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजक तुलसीपुर चेम्बर अफ कमर्स तुलसीपुरले जानकारी दिएको छ । मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव सञ्चालनका लागि सबै तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताए ।

 महोत्सवमा स्वास्थ्य उपचार व्यवस्थापन, कलाकारहरूको आमन्त्रण, प्रमुख अतिथिलाई निम्तो, सुरक्षा व्यवस्थापन, अतिथिहरूलाई आवासको व्यवस्थापन, स्टल व्यवस्थापन र बुकिङ, वाल उद्यान निर्माण लगायत सबै कामहरू सम्पन्न भैसकेको उनले बताए ।  

उनले पत्रकार सम्मेलनमा स्टल व्यवस्थापन समितिले महोत्सव स्थलमा ३ सय २५ वटा स्टल व्यवस्थापन गरिएको समेत बताए । त्यसमा २५ वटा स्टल कृषिका रहेका छन् । ती स्टलहरू निशुल्क रुपमा उपलब्ध हुने स्टल व्यवस्थापन समितिका संयोजक युवराज नेपालीले बताए ।

त्यसैगरी विभिन्न जातजाति र संस्कृतिका खानाका परिकारहरू  रहने गरी फुड फेस्टिभल पनि आयोजना गरिएको र यसका लागी कम्तिमा २० वटा स्टलहरू छुट्टयाइएको छ । निर्माण भएका स्टलहरू मध्ये २ वटा स्टल मात्र बुकिङ हुन  बाकी रहेको उनले बताए ।

त्यसैगरी महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको बेजोड प्रस्तुती रहने महोत्सव आयोजक सांस्कृतिक उपसमितिका उपसंयोजक प्रेम विवश घर्तिले  बताए । महोत्सवको उद्घाटनकै दिनदेखि समापनका दिन सम्म कलाकारहरूको प्रस्तुती रहने छ । महोत्सव अवधिभर हास्य कलाकार, गायक, नर्तकी, मोडेल, एउटै खुट्टाले नृत्य प्रस्तुत गर्ने कलाकार तथा दाङकै स्थानीय कलाकारहरूको समेत उत्साहजनक सहभागिता हुने छ ।

उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित महोत्सवमा ५ करोडको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको सञ्चार संयोजक ओपेन्द्र बस्नेतले बताए ।

महोत्सवको उद्घाटन पौष १ गते गरिने छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले आयोजित महोत्सवमा ५ करोडको आर्थिक कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको उनले बताए  ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार