कचिला र कचिली बि अध्यक्ष कप फुटबलको फाइनल भिड्ने 

Author Logo..
लक्ष्मण बस्नेत  २०७८ मङ्सिर २८ गते मङ्गलवार


दाङ :  कचिला र कचिली तुलसीपुरको हरिपौरामा जारी तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ को फाइनलमा भिड्ने भएका छन् । डबरा टोल विकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका १२ को आर्थिक सहयोगमा पशुपति  मावि   हरिपौरा खेलमैदानमा सञ्चालित  प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाइनल खेलमा क्वाङी बि लाई  शुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै कचिली बि ले फाइनल यात्रा तय गरेको हो ।

 त्यस्तै टरिगाउँसँग आफ्नो सेमिफाइनल खेलमा वाक ओभर पाएको कचिलाले फाइनलमा कचिलीसँगको भिड्ने पक्का गरेको हो । फाइनल खेल बुधबार दिउँसो १ बजे हुने आयोजक टोल विकास संस्थाका सचिव खगेन्द्र अधिकारीले जानकारी दिए । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धिसँगै खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेको थियो ।


प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः  नगद ५०, ३५ र २५ हजार तथा कप, मेडल, प्रमाणपत्र  हात पार्नेछन् । त्यस्तै व्यक्तिगत विधा तर्फ वेस्ट प्लेयर र वेस्ट किप्परको उपाधि हात पार्ने खेलाडी लाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर ओली र सुरेश मगर रहेका छन् ।  यसैबीच आयोजकले  बुधबार हुने फाइनल खेल र प्रतियोगिताको समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, राजनीतिकदल, बुद्धिजीवी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार