दाङ : शान्तिनगरमा खुला फुटबल प्रतियोगिता हुने भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. १ मा रहेको एकता युवा क्लबको आयोजनामा आउँदो पुस २ गतेदेखि प्रथम एकता युवा क्लब खुला फुटबल प्रतियोगिता हुन लागेको क्लबले जनाएको छ ।
शान्तिनगर १ मा रहेको पातिघार खेल मैदानमा आयोजना हुने र सहभागीको लागि ४ हजार टिम दर्ता शुल्क तोकिएको क्लबको जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद ८ हजार , मेडल र प्रमाणपत्र पाउने समेत आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागीका लागि टिम दर्ता पुस १ गते २ बजे सम्म गरिसक्नु पर्ने छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस