आइतबार देखि  तेस्रो वडाध्यक्ष कप फुटबल  सुरु 

लक्ष्मण बस्नेत 
Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २५ गते शनिवार


दाङ :   तुलसीपुर उपमहानगरपालिका वडा न १२ को हरिपौरामा तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८  आइतबार देखि सुरु  हुँदैछ ।  बाँसबोट टोल विकास संस्था तुलसीपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ को तत्त्वावधानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन मध्याह्न १२ बजे पछि गरिने कार्यक्रम तय गरिएको छ ।

४ दिन सम्म चल्ने प्रतियोगिताका खेलहरू पशुपति  मावि हरिपौराको खेलमैदानमा खेलाइने छ ।  स्थानीय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि सँगै खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा भित्र स्थापित १० टिम को सहभागिता रहेको आयोजक टोल विकास संस्थाका सचिव खगेन्द्र अधिकारीले जानकारी दिए ।

  प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः  नगद ५०, ३५ र २५ हजार तथा कप, मेडल, प्रमाणपत्र  हात पार्ने छन् ।  त्यस्तै व्यक्तिगत विधा तर्फ वेस्ट प्लेयर र वेस्ट किप्परको उपाधि हात पार्ने खेलाडी लाई जनही २५ सय नगद तथा ट्रफी प्रदान गरिने  सचिव अधिकारीले जानकारी दिए ।

चार दिन सम्म चल्ने प्रतियोगिताका खेलहरू नकआउट प्रणालीका आधारमा खेलाइनेछ । यसैबीच आयोजकले आइतबार हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, राजनीतिक दल, उद्योगी, व्यापारी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार