प्रतिगामी शक्तिलाई स्थापित गर्न राजनीतिक नेतृत्वलाई नकारात्मक देखाइयो : अध्यक्ष दाहाल

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २४ गते शुक्रवार

 

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताए ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष दाहालले राजेन्द्र लिङ्देनले गरेको टिप्पणीको जवाफ दिँदै राजतन्त्र स्थापित गर्न देशका राजनीतिक दलहरुलाई भिलेन देखाउन खोजिएको बताए ।

सोही मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए । उनले राजनीतिक दलका नेताहरुमाथि जनतामा नकारात्मक प्रभाव परेको भन्दै राजनीतिक नेतृत्व सुध्रिन आवश्यक रहेको बताए ।

उनले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिए । उनले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गरे । त्यस्तै उनले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार