५० बढी स्रष्टा सम्मानित

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर २२ गते बुधवार

 दाङ :   ‘उत्सर्ग संगीत अवार्ड’ बाट राप्ती क्षेत्रका ५० बढी स्रष्टाहरू सम्मानित भएका छन् । उत्सर्ग नेपालको आयोजनामा बुधबार दाङको घोराहीमा भएको कार्यक्रममा राप्ती क्षेत्रका ५० बढी स्रष्टाहरू सम्मानित भएका हुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा स्रष्टाहरुले अवार्ड पाएका छन् ।

नेपाली गीतसङ्गीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले ‘उत्सर्ग संगीत अवार्ड’ आयोजना भएको हो । जस अन्तरगत लुम्बिनी प्रदेशका सभामुख तथा जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्तीमगरले ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार पाएका हुन् । 

जनवादी गीतसङ्गीतको माध्यमबाट नेपाली समाजको सांस्कृतिक एवं राजनीतिक रूपान्तरणमा सहयोग  पु-याकोले विशिष्ट योगदानको कदर गर्दै सभामुख एवं जन संगीतकार घर्तीलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले बताए ।

यस्तै मरणोपरान्त सम्मान पुरस्कार स्व. प्रेमप्रकाश मल्ल, स्व. जंगबहादुर गन्धर्व, स्व. मधुबाबु थापा, स्व।. नारायण पाण्डे र स्व। मथुरा प्रसाद श्रेष्ठले पाएका थिए । दीर्घ साधना सम्मान पुरस्कार दामोदर बटुवा आचार्य, चन्द्रकला शाह, कोमल वली, कुलानन्द गिरी, चन्द्र शर्मा, सीता आचार्य, चुल्ह्या चौधरी र मोहलाल चन्दले पाएका थिए । 

यसैगरी राप्ती क्षेत्रमा गाइने लोकभाका, रूपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरू, मातृभाषाका गीतहरू, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधा आदिमा गरी ५० बढी स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार