वाईसीएल दाङको इन्चार्जमा माईकल

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर १८ गते शनिवार

 दाङ :  योग कम्युनिष्ट लिग (  वाईसीएल  )  दाङको इन्चार्जमा अमर नेपाली ( माइकल ) लाई चयन गरिएको छ । संगठनको शुक्रबार बसेको बैठकले माइकललाई दाङको इन्चार्जमा चयन गरेको हो । आफूले पाएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्ने माइकलले बताएका छन् । उनी तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।

त्यस्तै सङ्गठनले लुम्बिनी प्रदेशको सहसंयोजकमा दाङका गोपाल वली ( प्रवीण )  र सरोज पन्तलाई चयन गरेको छ । उनीहरु जनयुद्धका कमान्डर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार