तुलसीपुर  खानेपानी संस्थाको चुनाव पुष १७ गते गर्ने  घोषणा 

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर १४ गते मङ्गलवार

 दाङ : तुलसीपुरका खानेपानी, उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ नेतृत्वका लागि मतदानको मिति घोषणा गरिएको छ । यही आउँदो पुष १७ गतेका लागि चुनावको मिति घोषणा गरिएको हो । संस्थाका पदाधिकारीले आर्थिक अनियमितता गरेको र मनपरी कर्मचारी राखेको आरोप लगाएर यमुना कडेल शाहले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेकी थिइन् । 

उच्च अदालत तुलसीपुरले २०७८ कार्तिक १५ गते खानेपानी संस्थाको आर्थिक प्रतिवेदन पारित गर्न बाँकी थियो । साधारण सभाबाट प्रतिवेदन पारित गराएर निर्वाचन प्रक्रियामा जान संस्था लगायत विपक्षीको नाममा परमादेशको आदेश जारी गरेको थियो ।

सोही अनुरूप मंगलबार संस्थाले बन्द सत्रको आयोजना गरेर पुष १७ गते निर्वाचन गर्ने गरि अधिवक्ता मोहन धितालको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यहरूमा अधिवक्ता पुष्कर भण्डारी र भागवत रेग्मी रहेका छन् । 

त्यस्तै विनोद शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । जसको सदस्यहरूमा ललितजंग शाह, केएल भण्डारी, ईश्वरी प्रसाद गैरे र गोपाल रावत रहेका छन् । संस्थाले गत माघ ३० गते १६ औ साधारणसभा तथा ११ औ अधिवेशनको आयोजना गरेको थियो । 

त्यसैगरी निर्वाचनमा मतदान गर्नका लागि उपभोक्ताले मंसिर २०  गतेसम्मको महसुल भुक्तानी गरेको हुनुपर्ने जनाईएको छ । त्यसैगरी छानविन समितिले ३ महिनाभित्र प्रतिवेदन नवनिर्वाचित पदाधिकारीलाई बुझाउनु पर्ने छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार