पुनको सम्झना श्रद्धाञ्जली सभा, पुनले देखेका सपना पूरा गर्नुपर्छ : महरा  

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर १२ गते आइतवार

 


दाङ : नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका १४ का सदस्य अजय पुनको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा माओवादी केन्द्र घोराही १४  पुनको नयाँ बजार स्थित उनकै निवासमा शोक सभा सम्पन्न गरिएको हो । माओवादी केन्द्र  जिल्ला समन्वय समिति सदस्य दिलकुमारी बूढा एवं वडा नं. १४ मा अध्यक्ष कृतिमान पुनको कान्छा छोरा अजय पुनको यही मंसिर १० गते १९ वर्षको अल्पआयुमा निधन भएको थियो ।

शोक सभालाई माओवादी केन्द्र स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले सम्बोधन गरेका थिए। महराले निधन भएका अजय पुनको जिम्मेवारी सम्पूर्ण पार्टी सदस्यको काधमा आएको बताए ।  यो  दुःख कृतिमान र दिलकुमारीको परिवारको मात्र नभई सिङ्गो पार्टी पङ्क्‍तिको  माथि पीडा बोध भएको  भन्दै अजयले देखेका सपना पुरा गर्न सबै कम्युनिष्ट पाटीका सदस्य लाग्नु पर्ने बताए ।

यो परिवार समाजको आदर्शका रुपमा रहेको भन्दै  यसलाई सबैले पछ्याउनु पर्ने धारणा व्यक्त गरे ।  वडा अध्यक्ष कृतिमान पुनको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रीय सदस्य निर्मल आचार्य (बिमल ), हेमराज शर्मा (डायमण्ड ) जिल्ला इन्चार्ज जीवन गौतम, नगर अध्यक्ष प्रमोद शर्मा लगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो कार्यक्रम वडा सचिव अनिल सेपाईलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार