माओवादी केन्द्रले दाङमा दश स्थानीय तह मध्य ८ मा नेतृत्व चयन ग–र्याे

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर १२ गते आइतवार


दाङ :  जिल्लाका दश स्थानीय तह मध्य नेकपा माओवादी केन्द्र दाङले ८ स्थानीय तहमा निर्विरोध नेतृत्व चयन गरेको छ । शनिबार भएको सम्मेलनबाट जिल्लाका ८ तहमा नेतृत्व चयन गरिसकेको छ, भने तुलसीपुर र लमहीमा नेतृत्व चयन बाँकी रहेको पार्टीले जनाएको छ ।

जस मध्य घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागिदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बूढा निर्वाचित भएका हुन् । त्यस्तै शान्तिनगर गाउँपालिकाको पुन : अध्यक्षमा नेब बहादुर रोका चयन भएका छन् । रोकाको अध्यक्षतामा ४९ सदस्यीय नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ ।

जसको उपाध्यक्षहरूमा खजेन्द्र शर्मा, रिता बटाला, हिरालाल वली, सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार, कोषाध्यक्ष जंग बहादुर पुन रहेका छन ।त्यस्तै बबई गाउँपालिकाको अध्यक्षमा पुन : डिल्ली बुढाथोकी चयन भएका छन् । बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ । जसको उपाध्यक्षहरूमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली रहेका छन् ।

सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बूढा चयन भएका हुन् । सम्मेलनबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ ।
यसैगरी दंगीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम चौधरी निर्वाचित भएका छन् । जसको उपाध्यक्षहरूमा बीरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दीपक गौतम, सहसचिव टङ्क ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित भएका हुन् ।

यसैगरी गढवा गाउँपालिकामा श्याम नारायण पोखरेल अध्यक्षमा चयन भएका हुन् । शर्माको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षहरु दिपा पुन, बसन्ती चौधरी , देबराज यादब रहेका छन् । सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञान बहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरी चयन भएका हुन् ।

त्यस्तै राप्ती गाउँपालिकामा अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरू राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित भएका छन् । राजपुर गाउँपालिकामा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरू श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव विष्णु प्रसाद यादव, सहसचिव दिलमती ओली चौधरी र कोषाध्यक्ष भीम वली निर्वाचित भएका हुन् ।

त्यस्तै बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कँवर मगर, उपाध्यक्षहरूमा गिरिराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरा निर्वाचित भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका आवश्यक सङ्ख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन समितिले आइतबार दिउँसो देखि प्रक्रिया अघि बढाउने भएको छ, भने लमही नगरपालिकामा कार्य समिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले मंसिर १५ गतेको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ ले जानकारी दिए ।

हाल निर्वाचित कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा २ प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार