फाइल तस्बिर
दाङ : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल दाङ आउने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी दाङले यही मंसिर १२ गते तुलसीपुरमा गर्न थालेको जिल्ला भेलालाई सम्बोधन गर्न दाङ पार्टी अध्यक्ष नेपाल दाङ आउन थालेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिएका छन् ।
उनका अनुसार दाङ आउन थालेका नेपालले भेलालाई सम्बोधन गर्ने भएको छन् । भेलालाई सफल बनाउनका लागी विहीवार जिल्लाका दश वटै पालिकामा बैठक बस्ने र १० गते शुक्रवार जनसङ्गठनको बैठक बस्ने तयारी रहेको एकीकृत समाजवादीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस