कांग्रेस महाधिवेशन : दाङका संघीय क्षेत्रमा नेतृत्व चयनको लागि मतदान सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर ७ गते मङ्गलवार

दाङ :  नेपाली कांग्रेसको १४ महाविधेशन अन्तर्गत दाङका संघीय क्षेत्रमा नेतृत्व चयनको लागि मंगलबार मतदान सम्पन्न भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयनका लागि शान्तिपूर्ण रुपमा मतदान भएको हो । नयाँ नेतृत्वका लागि दाङ क्षेत्र नं. १ मा ६ सय ८५ मत खसेको छ ।

निर्वाचन क्षेत्र नं. १ को ६ सय ९४ मतदाता मध्य  मतदानका क्रममा ६ सय ८५ मत खसेको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् । क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा भेषराज पाण्डे र सर्वजित् डिसी चुनावी प्रतिष्पर्धामा छन् । 

जसको सचिव पदमा कृष्णकुमार चौधरी, खेमलाल चौधरी, राजेन्द्र खड्का र हरिहर शर्माले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सहसचिव पदमा गोविन्दकुमार वली, प्रकाशकुमार जिसी, मीनराज अधिकारी र मोहम्मद जमिर शाहले उम्मेदवारी दिएका थिए ।

क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिका कार्यवाहक संयोजक बस्नेतका अनुसार मतगणनाको तयारी गरिरहेको छ । त्यसैगरी दाङ क्षेत्र नं. २ मा ६ सय ४२ मत खसेको छ । निर्वाचन क्षेत्र नं. २ मा ६ सय ५१ मतदाता मध्य ९ जना मतदाताहरू निर्वाचनमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा चित्रबहादुर डाँगी ‘निर्मल’ र भीमप्रकाश खड्कालाई चयन गर्नका लागि मतदान भएको छ । क्षेत्र न  २ को सचिवमा आर.के. शीतल, कमलप्रसाद गौतम, सन्तोष योगी र हिमबहादुर डाँगी चुनावी मैदानमा छन् ।  त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा ८ सय ४४ मत खसेको छ ।

८ सय ४७ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा ३ मत नखसेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नं. ३ को क्षेत्रीय सभापति पदमा तीनजना प्रतिष्प्रर्धी रहेका छन् । जसमा सभापतिमा वर्तमान सभापति जगतबहादुर खड्का, जिल्ला कार्यसमिति सदस्य सुरेन्द्रबहादुर खड्का र कांग्रेस नेता किरण शाहको उम्मेदवारी परेको छ । सचिवमा शोभाकर सापकोटा,पूर्ण के।सी,रवि बुढाथोकी र भेषराज डाँगीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार