शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्‍न गर्छौं : प्रचण्ड

Author Logo..
अनलाइन राप्ती २०७८ मङ्सिर ५ गते आइतवार

फाइल तस्बिर

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गर्न आफू प्रतिबद्ध भएको बताएका छन्।  विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको सन्दर्भमा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानसभाबाट संविधान, सोको कार्यान्वयनका निम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरूले पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ। नेपाली सेनाको लोकतान्त्रीकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भइसकेको छ।’

युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रियाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको उनको भनाइ छ।  आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमी-कमजोरीहरूको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार